जनता माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पाण्डे पुन: सर्वसम्मत चयन

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका- २ मा अवस्थित जनता माध्यमिक विद्यालय पिपराको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरिप्रसाद पाण्डे पुन: सर्वसम्मत चयन भएका छन् । पाण्डे दोस्रो कार्यकालको लागी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । विद्यालयमा विहिबार बसेको बैठकले अध्यक्षमा पाण्डेलाई दोहोर्याउने निर्णय गरेपछि उनी पुनः अध्यक्षमा चयन भएका हुन् । यस्तै समितिको सदस्यमा अभिभावक भेलाबाट […]

स्थानीयवासीले गरे लुम्बिनी विकास कोषमा तालाबन्दी

भैरहवा । लुम्बिनी विकास कोषको कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन् । उत्खननका समयमा मायादेवी मन्दिरभित्र फेला परेका बहुमूल्य मूर्तिहरू कोषका पदाधिकारी र कर्मचारीले गायब गरेको, पूजापाठमा रोक लगाएको र विभिन्न अनियमित कार्य गरेको आरोप लगाउँदै लुम्बिनी बचाउ महाअभियानले कोषाध्यक्ष, सदस्य सचिव, सङ्ग्रहालय र पुरातत्त्व महाशाखाको कार्यालयमा ताला लगाएको हो । महाअभियानका सहसंयोजक तथा स्थानीय अभियानकर्ता […]

बुढादेवी र खरिबोट क्षेत्रका १५ घरपरिवार विस्थापित

प्युठान । वर्षाका कारण भुस्बाङ खोलामा आएको बाढीले प्युठान नगरपालिकाको बुढादेवी र खरिबोट बजार क्षेत्रका १५ घरपरिवार विस्थापित भएका छन् । यहाँका आठ परिवार उच्च जोखिममा छन् । घर डुबानमा परेपछि विस्थापित भएकालाई आफन्तको घरमा सारिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख ९डिएसपी० ईश्वर थापाले जानकारी दिनुभयो । विस्थापित हुनेमा प्युठान नगरपालिका–९ का रामबहादुर जिसी, […]

जुलाईमा मात्र ६४ हजार ५ सय पर्यटक नेपाल भित्रिए

काठमाण्डौ । गएको वर्षको जुलाईमा भन्दा यस वर्षको जुलाईमा ७ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार हिजो सकिएको जुलाई महिनामा ६४ हजार ५ सय ९९ जना पर्यटक नेपाल आएका छन् । ६४ हजार ५ सय ९९ जना पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट २१ हजार ४ सय ९१ जना पर्यटक आएका […]