मनसुन भित्रिएयता ६२ जनाकाे ज्यान गयाे, ९० जना घाइते

काठमाण्डाै । मनसुन भित्रिएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाकाे ज्यान गएकाे छ । यस अवधिमा चार जना बेपत्ता र ९० जना घाइते भएका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले याे तथ्याङ्कबारे जानकारी गराएको हो । केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण […]
देशैभरि लगातार परिरहेको झरी भोलिदेखि कम हुँदै जाने

काठमाण्डाै । शुक्रवार रातिदेखि देशैभरि लगातार परिरहेको झरी भोलिदेखि कम हुँदै जाने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो विशेष मौसम बुलेटिन निकालेर भोलिदेखि क्रमिक रूपमा वर्षाकाे मात्रा कम हुँदै जाने जानकारी गराएको हो । मनसुनी न्यून चापीय रेखा भोलिदेखि दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने महाशाखाको सूचनामा उल्लेख छ । […]
शिवराजले सञ्चालन गरेको किसान लक्षित कार्यक्रम प्रभावकारी बन्दै

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले किसानलक्षित काम गरेको छ। नगरभित्र पशुपालन गरेका किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ। पालिकाको पशु विकास शाखाले वार्षिक कार्यक्रमअन्तर्गत घाँस खेती गर्नेहरुको खातामा रकम, पशु ब्याएवापत भत्ता‚ दुध उत्पादनका आधारमा अनुदान दिएको पशु विकास शाखाका प्रमुख धनेश्वर खनालले बताए। आव ०८०/८१ मा १५५ जना कृषकले ४८५.५ कट्ठामा घाँस खेती […]
बाढी, पहिरो र डुबानमा परी शुक्रबार देखि देशभर १५ जनाको मृत्यु, ३ जना बेपत्ता

काठमाडौं । शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १५ जनाको मृत्यु भएको छ । बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर […]
राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव फेला

दाङ । राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । शनिबार राप्तीमा आएको बाढीले लमही नगरपालिका–७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका–८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए । उनको शव आज खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । यस्तै दूध बिक्री गरी घर […]
लुम्बिनीमा सरकार परिवर्तन गर्न कांग्रेस–एमालेलाई हतार
बुटवल । दलीय समीकरण बदलिएपछि लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले हतािरएका छन् । सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) भने आफ्नै तालमा देखिन्छ । मुख्यमन्त्री जोखबहादुर महरालाई छिटो बहिर्गमन गराएर नयाँ सरकार गठन गर्ने रणनीतिमा कांग्रेस,एमाले गठबन्धन रहेको छ । कांग्रेस एमाले मिल्दा स्पष्ट बहुमत पुग्ने भएपछि अल्पमतमा परेका महरालाई […]
वैदेशिक रोजगारीमा ठगिका घटना बढ्दै

कपिलवस्तु । कपिलवस्तु जिल्लाबाट वैदेशिक रोजगारीमा जाने तथा ठगीका घटना बढि हुने गरेको देखिएको छ । चालु आर्थिक बर्षमा मात्रै सुरक्षित आप्रवाशन (सामी) कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा रहेको आप्रवाशन स्रोत केन्द्र (सहायता कक्ष) मा ठगीका १ सय वटा घटनाको उजुरी भएका छन । कपिलवस्तुको तौलिहवामा सामी कार्यक्रम तथा चालु आवको समीक्षा कार्यक्रममा कार्यक्रमका संयोजक सुभास […]