विकासले ल्याउने परिवर्तनको नमिठो पाटो उक्काइदिएको ‘गाउँ आएको बाटो’
जब ‘गाउँ आएको बाटो’ फिल्मको बारेमा केही सुनेको थिएँ, भन्न मन थियो, जाबो एउटा बाटो पुगेको कथा मात्रै हो ? तर निकै पहिले विजयकुमारले दिशानिर्देशमा एउटा बाटो पुगेको गाउँमा गाडी पुग्दा स्वागतमा एक जना महिलाले पुरानो सारी टाँगेर गेट बनाएको सम्झिन पुगें । युट्युबमा तपाईंले खोज्नुभयो भने आज पनि होला त्यो भिडियो । हेक्का भयो, […]
कपिलवस्तुसहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले पहिलो चरणमा २८ जिल्लामा आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न […]
लुम्बिनी विकास कोषका पूर्वयोजना प्रमुख भट्टराईलाई ८० लाख जरिवानासहित ६ वर्ष कैद
काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवानाको सजाय तोकिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध गत चैत २५ […]
नेपालमा २० प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि, भाडाका घरमा बस्ने परिवार १५ प्रतिशत
काठमाण्डाै । नेपालमा २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षण तथ्याङ्कीय प्रतिवेदनले नेपालमा अझै २० प्रतिशतभन्दा धेरै जसङ्ख्या गरिबीकाे रेखामुनि रहेका देखाएकाे हाे । प्रदेशगत रूपमा हेर्दा गरिबीकाे रेखामुनि रहेकाे जनसङ्ख्या सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम बाग्मती प्रदेशमा छ […]
वडावासी भन्छनः शितगंगा १४ नगरमै उत्कृष्ट
चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ का स्थानीयहरुले वडालाई नगरमै उत्कृष्ट बनाएको भन्दै वडा अध्यक्ष सहित सिङ्ग वडा परिवारलाई धन्यवाद दिएका छन । आज वडामा भएका वार्षिक बजेट, वडा सभा एवं सुझब सङ्कलन कार्यक्रममा उनीहरुले धन्यवाद दिएका हुन । कार्यक्रममा बोल्दै नगरका पुर्व उपमेयर टिका रेस्मीले आफु उपमेयर हुँदा वडाको विकासको […]
मनसुन देशभर पुग्न अझै केही दिन लाग्ने भएकाले गर्मी कायमै रहने
काठमाण्डौ । कोशी प्रदेशबाट प्रवेश गरेको मौसमविदले बताएका छन् । काठमाण्डौसहित देशका धेरै ठाउँमा केही दिनयता गर्मी ह्वात्तै बढेको छ । मध्य र पश्चिम तराईमा अझ धेरै गर्मी छ । ती ठाउँमा तातो हावाको लहर अर्थात लू चलेकाले जनजीवन कष्टकर बनेको छ । पश्चिम तराईमा सबैजसो ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ […]
पाल्पामा भएको बोलेरो दुर्घटनामा तीन जनाको मृत्यु, दुई जना घाइते
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रुपन्देहीको बुटवल फर्कदै गरेको बोलेरो जीप बुधबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र दुई जना घाइते रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ […]