घुस सहित पक्राउ परेका मालपोत कार्यालय कपिलवस्तुका नासुविरुद्ध भ्रष्टाचार मुद्दा

कपिलवस्तु । भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका नायब सुब्बा नरहरी खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले  नायब सुब्बा खनाललाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा खनालले जग्गा […]

क्रिकेटर लामिछानेलाई अहिले पनि अमेरिकाले भिसा दिएन

काठमाडौं । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ । टी(२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो । नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए […]

अत्याधिक गर्मी बढेपछि बाणगंगाका विद्यालय ६ दिन बन्द

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तु सहित तराई मधेशमा बढेको अत्याधिक गर्मीका कारण पठनपाठनमै समस्या भएपछि बाणगंगा नगरपालिका भित्रका विद्यालय बन्द भएका छन । नगरपालिकाले आज एक सुचना सार्वजनिक गर्दै गर्मीका कारण जनजीवन प्रभावित भएको र बालबालिकाहरुको स्वास्थ्यमा समेत असर पर्ने भएकाले आगामि २० गतेदेखि २५ गते सम्म नगर भित्रका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको […]