बर्दिया बाट बलात्कारको आरोपमा एक पक्राउ
बर्दिया । प्रहरीले ११ वर्षिय बालिकालाई बालात्कार गरेको अभियोगमा एक ३२ वर्षिय पुरुषलाई पक्राउ गरेको छ । बालिकालाई ललाई फकाई घर नजिक रहेको सामुदायिक वनमा बलत्कार गरेको प्रहरीले जनाएको छ । मधुवन नगरपालिका स्थित सामुदायिक वनमा आइतबार राती करिब साढे ११ बजे काका पर्नेले बलत्कार गरेको उजुरीको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । […]
सर्पले डसेको चार दिनपछि एक बालकको मृत्यु
पूर्वी नवलपरासी । चार दिन अघि घरमै सर्पले डसेको एक बालकको आज बिहान मृत्यु भएको छ । जिल्ला प्रहरीका अनुसार मध्यबिन्दु नगरपालिका-१२ ज्वाइँथरका ७ वर्षीय बालक प्रिजन कुमाललाई घरमै खेल्दै गर्दा गत शुक्रबार सर्पले डसेको थियो । चितवन मेडिकल कलेजमा उपचाररत उनको अवस्थामा सुधार नभएपछि चिकित्सकले सोमबार घर लैजान भनेका थिए । उनलाई मंगलबार बिहान […]
रुपन्देही प्रहरीद्वारा लागू औषधसहित दुई जना पक्राउ
तिलोत्तमा । रुपन्देही प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित लागू औषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, बेलहियाबाट खटिएको टोलीले सिद्धार्थनगर-१ कि २६ वर्षीया मञ्जु गुप्तालाई नियन्त्रणमा लिएको हो । उनको शरिर तथा बस्ने घरकोठा खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा लागू औषध बरामद भएको प्रहरीले […]
बुद्धभूमिद्वारा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई स्वागत
कपिलवस्तु । बुद्धभूमि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका चुरामणी पन्थीले जनप्रतिनिधि र कर्मचारीको सम्बन्धले पालिकाको विकासमा सहज हुने बताएका छन् । सोमवार मात्रै हाजिर भएका पन्थीले नगरले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । पन्थीले सेवाप्रवाह लगायतका काममा राम्रोसँग काम गर्ने बताए । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध राम्रो भए मात्र नगरपालिकाका […]