वर्षापछि लुम्बिनीमा डढेलो ह्वात्तै घट्यो, उखरमाउलो गर्मी बाट पनि राहत
बुटवल । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै डढेलोको घटना ह्वात्तै घटेको छ । यसै बीच लुम्बिनी प्रदेशमा वर्षाका कारण उल्लेख्य रुपमा डढेलोका घटनामा कमी आएको छ । वन डढेको पहिचान तथा अनुगमन प्रणालीमा सार्वजनिक भएको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशका हाल ३ जिल्लाका ६ स्थानमा मात्रै डढेलो लागिरहेका छन् । हाल दाङ, बर्दिया र […]
लुम्बिनी सहित आज यी प्रदेशमा पानी पर्ने सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भागमा आंशिक बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर […]
ओखलढुंगामा आगो निभाउने क्रममा आमा-छोराको मृत्यु
ओखलढुंगा। ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१० बेतिनीस्थित बाहुनडाँडामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । खरबारीमा लागेको आगो निभाउने क्रममा ५५ वर्षीय पुण्यमाया धमला र उनका छोरा १६ वर्षीय कञ्चन धमलाको घटनास्थलमै मृत्यु भएको हो । सोमबार अपरान्ह उक्त घटना घटेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । बसाहा हरिबोले सामुदायिक वनमा लागेको डढेलो निजी खरबारीमा प्रवेश […]