शिवराजमा टिप्परको ठक्कर बाट सहचालकको मृत्यु
जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा सडक दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका वडा न ९ को दश नम्वरमा टिप्परको ठक्करवाट उक्त टिप्परकै सहचालकको मृत्यु भएको हो ना ७ ख ९०२३ नम्वरको टिप्परको ठक्करवाट विजयनगर गाँउपालिका वडा न २ जर्लैयाका १८ वर्षिय ईरफान भाट मुस्लमानको ज्यान गएको ईलाका प्रहरी कार्यालय सुन्दरीडांडाले […]
गुजरातलाई हराउँदै नेपालले जित्याे टी–२० क्रिकेट शृङ्खलाकाे उपाधि
काठमाण्डाै । गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेटको उपाधि जितेकाे छ । आज भएकाे फाइनलमा नेपालले गुजरातलाई १८ रनले हरायाे । नेपालले दिएकाे १ सय ७७ रनकाे लक्ष्य पछ्याएकाे गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमात्र बनाउन सक्याे । गुजरातका उमाङ्ग राेहितकुमारले ४० रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बाेहराले […]
लुम्बिनीमा मुख्यमन्त्री महराद्वारा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ। नवनियुक्त मन्त्रीले प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नयाँ मन्त्रिपरिषदमा नेकपा (एमाले) बाट एक, नेकपा माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी (जसपा) बाट एक गरी तीन जना मन्त्री नियुक्त हुनुभएको हो। नेकपा (एमाले) लुम्बिनी प्रदेश […]
लुम्बिनीका मुख्यमन्त्री महराले लिनुभयो शपथ
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ।प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री महरालाई प्रदेश प्रमुखको कार्यालय बुटवलमा आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। प्रदेश प्रमुख शेरचनले नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरालाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम शुक्रबार लुम्बिनी प्रदेशको […]
जनप्रतिनिधिको संख्या ५० प्रतिशतले घटाउन आवश्यक छ: भण्डारी
बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले जनप्रतिनिधिहरुको संख्या ५० प्रतिशतले घटाउनु पर्ने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधिसभा सदस्य भण्डारीले जनप्रतिनिधिसँगै कर्मचारीको संख्या पनि घटाउनु पर्ने बताएका हुन् । स्थानीय तहहरुले राम्रो काम गरिरहेको बताउँदै प्रदेश र केन्द्रमा धेरै मन्त्री हुँदा […]
बाणगङ्गामा एकै ठाउँ महिला र पुरुषको शव फेला
जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा २ जना मृत फेला परेका छन । शनिबार बाणगंगा नगरपालिका २ कप्टैयास्थित जङ्गलमा २ जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले जनहित अनलाइन सङ्ग बताउनुभयो । लालमटिया सामुदायिक वनमा कप्टैयाकै ५० वर्षीय विष्णु प्रसाद घिमिरे र कञ्चन गाउँपालिका ५ निवासी ४५ वर्षीया यमकला राना […]
नेपालममा ३४ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्दै
काठमाण्डौ । नेपालमा ३४ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षणअनुसार कुल पुरुषमध्ये ५७ प्रतिशत र कुल महिलाको ११ प्रतिशत गरी समग्रमा ३४ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको हो । सबैभन्दा धेरै कर्णाली प्रदेशमा ४७ दशमलव ८ प्रतिशत मानिसले कुनै न कुनै किसिमको सुर्तीजन्य […]
सुनको भाउमा नयाँ रेकर्ड, ताेलाकाे एकलाख ३५ हजार रुपैयाँ पुग्याे
काठमाण्डौ । सुनको भाउले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको छ । आज एकैदिन तोलामा दुई हजार नौसय रुपैयाँले बढेर एकलाख ३५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रवार नेपाली बजारमा सुन तोलाको एकलाख ३२ हजार सातसय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेको छ […]
अर्घाखाँचीका आचार्यको नेतृत्वमा एमाले लुम्बिनी सरकारमा जाँदै
देउखुरी । संसदीय दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा एमाले लुम्बिनी सरकारमा सहभागी हुने भएको छ । नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज दिउँसो बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् । आचार्य तेस्रो पटक मन्त्री बन्दैछन् । अर्घाखाँची निर्वाचत क्षेत्र १ (१) बाट निर्वाचित सांसद आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए […]
खासाबाट ९ वर्षपछि सामान लिएर फर्किंदै नेपाली कन्टेनर
सिन्धुपाल्चोक । भोटेकाशी गाउँपालिका वडा नम्बर २ बाट चीन जोड्ने उत्तरी तातोपानी नाका हुँदै नौ वर्षपछि पहिलो पटक नेपाली कन्टेनर खासाबाट सामान लिएर फर्किएका छन् । चिनियाँ नाका झाङ्मु अर्थात् तातोपानीबाट शनिबार खासा पुगेका तीन कन्टेनर आइतबार ३० टन स्याउ लिएर लिपिङ क्षेत्र भित्रिने चरणमा पुगेका हुन् । भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पाका […]