नेपाल पत्रकार महासंघ कपिलवस्तुद्वारा बाल गृहमा शैक्षिक सामग्री वितरण
कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तुले महासंघको ६९ औ स्थापना दिवस सामाजिक कार्य गरि मनाएको छ । महासंघको स्थापना दिवसको अवसरमा महासंघ कपिलवस्तुले कपिलवस्तु वालगृहमा रहेका वालकहरुलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेको महासंघ जिल्ला शाखा कपिवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले जानकारी दिए । अध्यक्ष बज्राचार्यले स्थापना दिवसमा सम्पुर्ण श्रमजीवि पत्रकारहरुलाई शुभकामना व्यक्त गर्दै महासंघ श्रमजीवि […]
बुटवल–चन्द्रौटा सडक विस्तार गर्न २२ वटा निर्माण कम्पनी इच्छुक
कपिलवस्तु । बुटवल–चन्द्रौटा सडक विस्तार गर्न २२ वटा निर्माण कम्पनी इच्छुक देखिएका छन् । बुटवल– गोरुसिंगे– चन्द्रौटा सडक आयोजनाका अनुसार ५० किलोमिटर सडक विस्तारका लागि पहिलो प्याकेजकोकामका लागि २२ वटा कम्पनीले आवेदन दिएका हुन्। सार्वजनिक खरिद नियमावली अनुसार ५ अर्ब रुपैयाँसम्मको ठेक्कामा मात्र नेपाली कम्पनीले आवेदन दिन पाउँछन्।त्योभन्दा बढी लागतका ठेक्कामा नेपाली कम्पनीले अन्तराष्ट्रिय कम्पनीसँग […]
कृषि हाटबजार व्यवसायी संघ कपिलवस्तुको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न
कपिलवस्तु । कृषि हाटबजार व्यवसायी संघ कपिलवस्तुको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । कृषि हाटबजार व्यवसायी संघ कपिलवस्तु बाणगंगा नगरपालिका ३ को आयोजनामा सिद्धार्थ क्याम्पस बुंचीको सभाहलमा सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी बाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरीले सबै व्यवसायीसंघले एकरुपता कायम गर्दै अगाडी बढ्न सके कार्यहरु सम्पादन गर्न कठिनाई […]
संगितकर्मी संघ लुम्बिनी प्रदेश अध्यक्षमा कपिलवस्तुका परियार
कपिलवस्तु । राष्ट्रिय संगितकर्मी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा कपिलवस्तुका पुर्णचन्द्र परियार चयन हुनुभएको छ । विहिबार कपिलवस्तुको बाणगंगामा भएको तेस्रो अधिवेशन बाट परियारको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा लोकेन्द्र सुनार, प्रथम उपाध्यक्षमा चन्दा गुरुङ्ग, दितिय उपाध्यक्षमा भुवन खड्का, महिला उपाध्यक्षमा उषा दसौती, उपाध्यक्षमा सुरज गौतम, महासचिवमा अशिम कंडेल क्षेत्री, […]
रुपन्देही बाट भन्सार छलेर भित्र्याइएका १७ लाख रुपैयाँ बराबरका सामान बरामद
भैरहवा । रुपन्देहीस्थित सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेड क्वार्टरबाट खटिएको मोबाइल गस्ती टोलीले भन्सार छलेर भित्र्याइएका १७ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमान्डमा खटिएको टोलीले बुधबार बिहान उक्त सामान बरामद गरेको थियो । गणले प्रेस विज्ञप्तिमार्फत जनाएअनुसार विशेष सूचनाका आधारमा सियारी गाउँपालिका–७ […]
किशोरीको बीभत्स हत्या गर्ने सार्की सार्वजनिक
पाल्पा । किशोरीको बीभत्स हत्या आरोपमा देवलाल सार्कीलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ । चैत १३ गते रिब्दीकोट गाउँपालिका–१, ख्याहाकी १९ वर्षीया किशोरी पदमा सुनारको हत्या आरोपमा सोही गाउँकै १९ वर्षीय सागर भन्ने देवलाल सार्कीलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गाउँकै लप्सीखोलामा कपडा धुन र नुहाउन एक्लै गएकी पदमासँग खोलामै […]
अर्थतन्त्र संकटमा छैन: प्रधानमन्त्री दाहाल
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन् । शुक्रबारदेखि हेटौंडामा सुरु भएको निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारको बाटोमा रहेको दाबी गरेका हुन् । ‘अघिल्लो वर्ष यसै समयमा देशको अर्थतन्त्र कमजोर अवस्थामा थियो । अहिले धेरै सुधार भइसक्यो,’ उनले भने । प्रधानमन्त्री दाहालले अर्थमन्त्री […]
सुनको भाउ अहिलेसम्मकै उच्च
काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज २ हजार १ सय रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो । हिजो तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो । यो रेकर्ड आज फेरि तोडिएको हाे । आज छापावाल सुन तोलामा १ लाख […]