लुम्बिनीका मुख्यमन्त्री महराले लिनुभयो शपथ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ।प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री महरालाई प्रदेश प्रमुखको कार्यालय बुटवलमा आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।

प्रदेश प्रमुख शेरचनले नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरालाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम शुक्रबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता महराले प्रदेश सभाको तत्काल कायम रहेको प्रदेश सभा सदस्यमध्ये ४८ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा शुक्रबार दाबी पेस गर्नुभएको थियो।

मुख्यमन्त्री महरालाई नेकपा (एमाले)का २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जना सांसदको समर्थन छ।

यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको लागि बाटो खुला भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *