बाणगंगा–१ को नवनिर्मित वडा कार्यालय उद्घाटन

कपिलवस्तु । बाणगंगा नगरपालिका–१ का स्थानीयवासीले अबदेखि सहज, सुरक्षित र व्यवस्थित वातावरणमा सेवा पाउने भएका छन् । लामो समयदेखि जीर्ण अवस्थामा बैरियामा रहेको वडा कार्यालयलाई विस्थापन गर्दै चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा निर्माण गरिएको नयाँ प्रशासनिक भवन सोमबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको हो । नवनिर्मित भवनको उद्घाटन संविधान सभा सदस्य अत्तहर कमाल मुसलमान र नगरप्रमुख […]
१६औँ कपिलवस्तु महोत्सवको लागि जिम्मेवारी बाडफाड

कपिलवस्तु । १६ औँ कपिलवस्तु महोत्सवको तयारी तिव्र पारिएको आयोजक बाणगंगा वेलफेयर सोसाइटीले जनाएको छ । मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगा नगरपालिकाको बुद्धरगंशालामा आयोजना हुन लागेको १६ औँ कपिलवस्तु महोत्सवको तयारी तिव्र पारिएको हो । महोत्सवलाई सफल पार्न आयोजक बाणगंगा वेलफेयर सोसाइटीले जिम्मेवारी बाडफाड गरेको सोसाइटीका अध्यक्ष राज कुमार खाणले जानकारी दिए । […]
नवलपरासीमा कार दुर्घटना हुँदा अर्घाखाँचीका पौडेलको मृत्यु

कपिलवस्तु । नेपाली कांग्रेसका नेता तथा अर्घाखाँचीको पाणिनी धातिबाङका मणिराम पौडेलको कार दुर्घटनामा मृत्यु भएको छ । बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश नं.३–०१–०२३ च ५०७५ नम्बरको कार नवलपरासीमा अनियन्त्रि भई दुर्घटना हुँदा उनको मृत्यु भएको हो । सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित पुलबाट खोल्सामा खस्दा अर्घाखाँचीको पाणिनी गाउँपालिका–६ माझागाउँ बस्ने ८० वर्षीय मणिराम पौडेलको मृत्यु भएको हो। […]
एनजीओ र आईएनजीओले दल र उम्मेदवारको प्रचारप्रसार गर्न नपाउने

निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने व्यवस्था छ। गैरसरकारी संस्था र सम्बद्ध कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सवारी साधन, भवन वा सामग्री प्रयोग गर्न दिन नहुने र कुनै राजनीतिक प्रकृतिको कार्यक्रम गर्न नहुने व्यवस्था आचारसंहितामा छ। […]
एनपीएल दोस्रो संस्करण आजदेखि: नेपाली क्रिकेट फेरिने विश्वास

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सोमबारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ र यो यस्तो प्रतियोगिता रहेको छ, जसले नेपाली क्रिकेट भविष्यमा कस्तो हुनेछ, त्यसको धेरै हदसम्म निर्णय गर्नेछ । धेरैभन्दा धेरै सम्भावना छ, यही प्रतियोगितासँगै समग्र नेपाली क्रिकेट नै फेरिने संघारमा हुनेछ । गत वर्षको पहिलो संस्करणले प्रतियोगिताको जग बसाएको थियो, यसपल्टको संस्करणले […]
अर्घाखाँचीको भूमिकास्थानमा आमाद्वारा छोरीको हत्या

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ कल्लेरीमा आमाले छोरीको हत्या गरेकी छन् । बिहान तरकारी काट्ने क्रममा धारिलो हँसियाले टाउका हानेर ३१ वर्षीय आमाले ४ वर्षीया छोरीको हत्या गरेको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए । आमाले केही वर्षदेखि मानसिक समस्याको औषधि सेवन गर्दै आएकी थिइन् । घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
१६औं कपिलवस्तु महोत्सवमा स्टल, स्थल, मञ्च, गेट द्रुत गतिमा निर्माण हुँदैः संयोजक मल्ल
कपिलवस्तु । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा कपिलवस्तु जिल्लासँगै छिमेकी जिल्लाको कृषि, पर्यटन र उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा आयोजना हुन लागेको १६ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ को तयारीलाई तीव्र गतिमा अगाडि बढाइएको छ। महोत्सवमा राखिने स्टलहरूको निर्माण तथा मञ्च निर्माण […]