जनताले औंलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्छौं प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई जनताले औंलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्ने बताएका छन् । विहिबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै गल्ति गर्ने छुट नभएको बताउदै जनताले औलो ठड्याउने गरि काम नगर्ने बताएका हुन् । उनले भने( ‘हामीलाई कुनै गल्ती गर्ने, अथवा […]
रूपन्देहीमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

बुटवल । ट्रकको ठक्करबाट रूपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार मायादेवी गाउँपालिका–६ का ३५ वर्षीय गोरख बेल्दारको मृत्यु भएको हो । लु २ ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बेल्दारको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भीम अस्पतालमा […]
त्रिविमा सत्ताधारी दलका भातृ सङ्गठनकै कारण असुरक्षा बढ्यो सुमना श्रेष्ठ

काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय ९त्रिवि० मा सत्ताधारी पार्टीकै विद्यार्थी सङ्गठनका कारण प्रशासनिक काम ठप्प भएको र पदाधिकारीहरू डरले कार्यालय जानसमेत नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद श्रेष्ठले त्रिवि विश्वविद्यालयको कुलपति प्रधानमन्त्री, समस्या निम्तनुमा प्रधानमन्त्री ओलीकै दलको भातृ सङ्गठनको दादागिरी र अझै पनि प्रधानमन्त्रीले […]
शितगंगाका छ दिन देखि बेपत्ता बृद्ध भेटिए जङगलमा

अर्घाखाँची। यहि भदौं १ गते देखि घरबाट वेपत्ता हुनु भएका अर्घाखाँची शितगंगा ५ गल्दा निवासी ८८ बर्षिय पिताम्बर अधिकारी ६ दिन पछि सोही वडामा पर्ने रिब्दीको जङगलमा सकुशल भेटिनु भएको छ । आफ्नो पुरानो खरक तिर जानेक्रममा जङ्गलमा भिरबाट करिब १५ मिटर तल खसेपछि ६ दिन सम्म सोही स्थान मै रहनु भएको थियो । बृद्ध […]
धरानमा १४२० किलो गाँजा बरामद

विराटनगर । प्रहरीले सुनसरीको धरानबाट एक हजार ४२० किलो गाँजा बरामद गरेको छ । धनकुटाबाट धरानतर्फ आउँदै गरेको ट्रकमा लोड गरिएको एक हजार ४२० किलो गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार आज बिहान करिब ९ बजे मुला लोड भएको को१ख ४७३३ ट्रक गाँजा फेला परेको हो । बरामद भएको गाँजा ४४ बोरा छ । […]
मृतक थापाको घरमा राहात लिएर पुगेयो शितगंगा नगरपालिका

अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा न.१३ भंगाला निवासी ३७ वर्षका बिष्णु थापाको भदौ ४ गतेआफ्नै गोठमा खसेको पहिरोमा परि मृत्यु भएको थियो । परिवारको सदस्य गुमाउदा शोकमा डुबेको परिवारलाई समवेदना प्रकट गर्दै शितगंगा नगरपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय र नगरपालिकाको समन्वयमा र.५०००० नगद चामल ,नुन , तेल, कम्मल,त्रिपाल लगाएतका सामाग्री हरु वितरण गरिएको थियो । शितगंगा […]
रमाइलोका लागि भन्दै क्याम्पसमा बम पड्काएर भाग्न खोज्ने २ जना पक्राउ
दाङ । दाङको घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । डीएसपी तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले बम फालेर भाग्दै […]
मन्त्रिपरिषद् बैठक बस्दै, टिकटकमाथिको प्रतिबन्ध हटाइने

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आज अपराह्न ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्न लागेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो मन्त्रिस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकमा पेश गर्ने जनाइएको छ। प्रतिबन्ध हटाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो राख्दै त्यसबारे आवश्यक […]