पहिरोले गोठ पुरिँदा अर्घाखाँचीको शितगङ्गामा एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाको भंङ्गलामा पहिरोले गोठ पुरिँदा गोठमा रहेका एक स्थानीयको मृत्यु भएको छ। मंगलबार बिहान परेको अविरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर-१३, सिमलपानीको भंङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ। पहिरो खस्न थालेपछि पशुचौपाया फुकाउन गोठमा पसेका थापालाई पहिरोले च्याप्दा घटनास्थलमै थापाको […]

लुम्बिनी कृषि कम्पनी सहित चारनम्बरका अधिकांश व्यवसाय डुबानमा, लाखौंको क्षति

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको चारनम्बरमा रहेको लुम्बिनी कृषि कम्पनीको कार्यालयमा डुबान हुँदा अन्दाजी २५ लाखको क्षति भएको छ । अविरल वर्षाका कारण उक्त क्षेत्रमा डुबान हुदा विभिन्न सामाग्री सहित महत्वपूर्ण कागजपत्र नष्ट भएको प्रालिका सञ्चालक कैलास चौधरीले जनहित अनलाइन सङ्ग बताउनुभयो । बाणगङ्गाका अधिकांश स्थानहरु अहिले डुबानमा परेका छन । अव्यवस्थित बसोवास र अव्यवस्थित […]