शितगंगा १४ ले गाउँगाउँ बाट धमाधम योजना सङ्कलन गर्दै

चेतन विष्ट, कपिलवस्तु । आगामि आर्थिक वर्षको लागि अर्घाखाँचीको शितगंगा १४ ले यतिबेला गाउँगाउँ मै पुगेर योजना सङ्कलन गरिरहेको छ । सम्पुर्ण पक्षलाई समेट्दै वडाको समुचित विकासको लागि अहिले वडा सदस्यहरु गाउँ तथा टोलटोलमै पुगेर योजना सङ्कलन गरिरहेको वडा अध्यक्ष दामोदर न्यौपानेले जनहित अनलाइन सङ्ग बताउनुभयो । यसैबिच आज बौरी, तल्लगाउ, ढाब, सिखारखोला, भलाएसिख्र र […]

नेपाल स्वयंसेवक संघ बाणगंगा ३ मा कार्यसमिति गठन

जनहित अनलाइन, कपिलवस्तु । नेपाल स्वयंसेवक संघ, बाणगंगा ३ को अध्यक्षमा लाल कुमार महत चयन हुनुभएको छ । आइतबार भएको एक कार्यक्रमका बिच महतको संयोजकत्वमा १८ सदस्यीय कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षमा भिखु प्रसाद थारु, चन्द्रावती थारु, सचिवमा अस्मिता सुनार, सहसचिवमा दिपा खनाल, कोषाध्यक्षमा लिला आचार्य र अन्यलाई सदस्यमा चयन गरिएको छ । […]

लुम्बिनी सहित तराई मधेसका जिल्लामा तातो हावाको लहर फेरि बढ्न सक्ने

काठमाडौ । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दै तराईका भू-भागमा अत्यधिक गर्मीको सम्भावना रहने चेतावनी दिएको छ। विभागको मौसम पूर्वानुमान महशाखाले गर्मी बढ्ने भएकाले आवश्यक तयारीका साथै सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ। विभागका मौसमविद् विनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी बढ्ने अनुमान गरिएको […]

बुटवल–गोरुसिङे सडक क्षेत्र मिचेर बनाइएका संरचना हटाउन आग्रह

बुटवल, जेठ २७ गते । बुटवल–गोरुसिङे सडक आयोजनाले सडक क्षेत्र मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेको छ । बुटवल गोरुसिङे सडकको ठेक्का लागेको र सडक विस्तारको काम सुरु हुन लागेकाले सडकको बिचबाट दायाँबायाँ ५० मिटरभित्र सडक मिचेर बनाइएका संरचना हटाउन आयोजनाले आग्रह गरेको हो । आयोजनाका प्रमुख होमबहादुर एसीले सडक क्षेत्रभित्र बनेका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको […]

झाेलुङ्गे पुलमा फसेका ११ वटा खच्चरकाे उद्धार, २ वटा मरे

काठमाण्डाै । दैलेख र अछाम जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलङ्गे पिङको लट्ठा चुँडिदा फसेका १३ मध्ये ११ वटा खच्चरको उद्धार भएको छ । सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा ११ वटा खच्चरकाे उद्धार भएकाे दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिनुभयो । उद्धारका क्रममा २ वटा खच्चर मरेका छन् । फसेका खच्चरलाई पुलबाटै उद्धार गर्न […]