पश्चिम नवलपरासीमा हजुरबुवा र नाति हत्या गर्ने दुई पक्राउ

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ३ मर्चहवामा हजुरबुवा र नातिको हत्यामा संलग्न दुई युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।हत्या भएको ३२ दिनपछि प्रहरीले हत्यामा सम्लग्न भएको आरोपमा स्थानीय २९ वर्षीय अजय धरिकार र २० वर्षीय चन्दन हरिजनलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । आइतबार जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले पत्रकार सम्मेलन गरेर फागुन १ […]

सुस्मिता हत्या प्रकरणः न्यायको लागि आन्दोलनलाई अझ सशक्त बनाइने

चेतन विष्ट, कपिलवस्तु । २०७७ सालमा हेटौंडामा सुस्मिता केसीको हत्यामा मुख्य योजनाकार भनिएका दुई जनालाई उच्च अदालतले सफाई दिएपछि आन्दोलनमा उत्रिएको संघर्ष समितिले आन्दोलनलाई अझ सशक्त बनाउने भएको छ । केहि दिन अगाडि सुस्मिताको माइती घर कपिलवस्तुको बाणगंगामा गठन भएको संघर्ष समितिले सो निर्णय गरेको हो । लामो संर्घस पछि जिल्ला अदालतले हत्याराहरुलाई कानुनी दायरामा […]

अर्घाखाँचीमा माटोको ढिस्कोले पुरेर एक जना महिलाको मृत्यु, एक जना घाईते

अर्घाखाँची । माटोको ढिस्कोले पुरिएर अर्घाखाँचीको शितगंगा २ सितापुर झिर्रामा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य १ जना घाईते हुनु भएको छ। मृत्य हुनेमा शितगंगा २ झिर्रा निवासी ४० बर्षिय शारदा अधिकारी रहनु भएको छ । माटोको ढिस्कोले पुरिएर घाईते भएकी शारदा अधिकारीलाई ठाडा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा चेकजाँचको क्रममा चिकित्सकले मृत […]

मूल्य नपाउदा दाङमा गोदाममै थन्कियो १५ लाखको मह

दाङ । शान्तिनगर गाउँपालिका ५ रगैजाका सञ्जय भण्डारीले आफूहरूले उत्पादन गरेको मौरीको महले बजार नपाएको गुनासो गरेका छन्। गत वर्ष उत्पादन भएको करिब डेढ टन मह अहिले पनि गोदाममै थन्काएर राखेको उनले बताए। उनका अनुसार व्यावसायिक रुपमा मौरीपालन गर्न लागेको करिब १८ वर्ष भयो। विगतका वर्षहरूमा राम्रै भए तापनि २- ३ वर्षदेखि महले बजार पाउन सकेको […]

गर्मी मौसम सङ्गै डढेलोको जोखिम बढ्यो, एकैदिन साढे आठ सय ठाउँमा डढेलो

काठमाण्डौ । पछिल्लो चौबीस घण्टामा देशका आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको छ । शुक्रवार राति साढे आठ बजेदेखि गएराति साढे ८ बजेसम्मको चौबीस घण्टाको स्याटलाइट तस्बिर अनुगमनबाट आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको वन डढेलोको अनुगमन गर्दै आएको संस्था नेपाल फरेस्ट फायर म्यानेजमेन्ट च्याप्टर (एन.एफ.एम.सी) ले जनाएको छ । ५९ वटा जिल्लाका […]

बाँसबारी जग्गा प्रकरण: विनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका छन् । उपप्रधान तथा गृहमन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर र नेपाल प्रहरकी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख श्याम ज्ञवालीलाई उक्त निर्देशन दिएका हुन् । गृहमन्त्री लामिछानेका प्रेस संयोजक […]

सांसद अन्सारीको निधन पछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) की सांसद मञ्जु शर्मा अन्सारीको निधनको शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगन भएको छ। आइतबार उपचारका क्रममा जसपा समानुपातिक सांसद अन्सारीको निधन भएको हो। आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पढेर सुनाएका थिए। शोक प्रस्ताव पारित गरेर आजको बैठक स्थगित गरिएको सभामुख घिमिरेले जानकारी गराएका छन्।  […]

गाँजासहित बुटवलबाट ३ जना पक्राउ

बुटवल । पाल्पादेशि बुटवलतर्फ गाँजा ल्याउँदै गरेको अवस्थामा ३ जनालाई शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले बुटवल उपमहानगरपालिका–१३ बदेलपोखरीबाट करिब १ किलो ५ सय ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । पाल्पा रिब्दिकोट गाउँपालिका–५ बस्ने मोहन रेग्मी र अन्य २ जनालाई पक्राउ गरिएको हो । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु। […]

बाघको आक्रमणबाट बाँकेमा एक वृद्धको मृत्यु

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका ९ ढकेरी नजिक बाघको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बाँकेका अनुसार ढकेरीमा आफन्तको घरमा पाहुना आउनुभएका दार्माकोट सल्यान निवासी ७१ वर्षीय नागेन्द्रप्रसाद शर्माको शव बाघले खाएको अवस्थामा कोहलपुर र ढकेरीको बिचमा रहेको भालुखोलामा फेला परेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख […]