भीड जम्मा गरेर न्याय निरुपणको काम प्रभावित नपार्न रास्वपालाई सत्तारुढ दलहरुको आग्रह

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डाै । सत्तारुढ दलहरुको बैठकले न्याय निरुपणको प्रक्रिया प्रभावित पार्ने काम नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ । पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी र सङ्गठित अपराध अनुसन्धानका लागि पक्राउ परेको विरोधमा रास्वपाले विरोध प्रदर्शन गरिरहेका बेला सत्तारुढ दलहरुको बैठकले यस्तो आग्रह गरेको हो ।

बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरुले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष निकालेको बैठकपछि एमाले महासचिव शङ्कर पोखरेलले बताउनुभयो ।

संसदीय छानविन समितिले दिएको प्रतिवेदनको आधारमा संसदले दिएको निर्देशनअनुसार लामिछानेलाई प्रहरी हिरासतमा राखेर अनुसन्धानको काम भइरहेका बेला त्यसलाई प्रभावित पार्ने काम नैतिक हिसाबले पनि उचित नहुने भएकाले त्यसो नगर्न आफूहरुले रास्वपालाई आग्रह गरेको पोखरेलले बताउनुभयो । फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट प्रभावित गर्न खोज्नु अनुचित भएको सत्तारुढ दलहरुको निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *