क्यान्सर पीडित रमेशलाई युएई बाट १ लाख ५० हजार बढी सहयोग जुट्यो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । लामो सयमदेखि क्यान्सर रोगको उपचार गराइरहेका रमेश भाट क्षेत्रीलाई युएई बाट १ लाख ५० हजार बढी सहयोग जुटेको छ । युएईका विभिन्न सहरमा काम गर्दै आइरहेका नेपालीहरु बाट १ लाख ५० हजार ८६० रुपैयाँ सङ्कलन गरि रमेशको बैंक खातामा पठाइएको अभियानका संयोजक हरि वि.सी. ले बताउनुभयो ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १३ कल्लेरि घर भएपनि अहिले कपिलवस्तुको बाणगगामा बस्दै आएका रमेश विगत लामो समयदेखि खुट्टामा भएको क्यान्सर रोगको उपचार गराइरहेका छन । चितवनको वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनलाई खुट्टको अप्रेशन नै गर्नुपर्ने भएपछि आर्थिक समस्या परेको पारिवारले बताएको छ ।

युएईमा सञ्चालित उक्त अभियानमा माधव बि.सी को सक्रियतामा ५१ हजार ४७० लुम्बिनी प्रदेश सम्पर्क समिति युएईका सचिव अनिल बि.सी., सह–कोषाध्यक्ष हरि बि.सी., दिपक विष्ट, राजेश वि.सी., दिपक बि.सी. लगायत युवाहरुको सक्रियतामा उठेको ९९ हजार ३९० गरि १ लाख ५० हजार ८६० रुपैयाँ सङ्कलन भएको हो ।

उक्त अभियानमा आवद्ध समुहले आर्थिक अवस्था कमजोर रहेको परिवारलाई सक्नेले सहयोग गर्न पनि आग्रह गरेको छ । त्यस्तै रमेशको स्वास्थ्य लाभको कामना गर्दै सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद समेत व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *