ब्राईट लुम्बिनीले गर्यो ई.पि.एस. कोरियन भाषा परिक्षामा उतीर्ण विद्यार्थीहरुलाई विदाई तथा सम्मान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन , कपिलवस्तु । शैक्षिक क्षेत्रमा कपिलवस्तु जिल्लामै उत्कृष्ट नतिजा निकाल्न सफल ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (साविक लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि.) ले ई.पि.एस. कोरियन भाषा परिक्षामा उतीर्ण विद्यार्थीहरुलाई बुधबार विदाई तथा सम्मान गरेको हो । विगतका जस्तै यस पटक पनि यस शैक्षिक प्रतिष्ठानले ई.पि.एस. टपिक परिक्षामा करिव शत प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएका छन् ।

यो संगै ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन कोरीयन भाषा अध्ययन गर्ने विद्यार्थीहरुको घुईचो लागेको छ । कार्यक्रममा बोल्दै कोरियन भाषा उतीर्ण विद्यार्थीहरुले ब्राईट लुम्बिनी कोरियन भाषाको लागि ब्राण्ड बनिसकेको बताउदै आफुहरुको सपना यहि संस्थाले साकार पारेको बताउनुभयो । उतीर्ण विद्यार्थीहरुलाई दशैंको टिका जमरा, मायाको चिनो सहित सम्मानित गरिएको थियो शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक असीम कंडेल क्षेत्रीको अध्यक्षता, राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश सदस्य सबिन रणपाल लगायत पत्रकारको आतिथ्यता, कोरीयन भाषा विभाग प्रमुख महेश आचार्य लगायत प्रशिक्षक तथा कर्मचारीको उपस्थिती रहेको थियो ।

कार्यक्रमका अध्यक्ष क्षेत्रीले विदाई भन्दा वित्तिकै केही असहज महशुस भएको भन्दै भविष्य र परिवारको भविष्यका लागि विद्यार्थीहरुले गर्नुभएको संघर्षलाई सम्मान गरेको बताउनुभयो । रोजगारीको शिलशिलामा कोरीया गएता पनि निश्चित समय पछि स्वेदशमै फर्किएर त्यहाँ भएका राम्रा कामलाई अनुसरण गर्दै अगाडि बढ्ने अपेक्षा गर्दै भषा अध्ययनका लागि ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (साविक लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि.) नै रोजाईमा पार्नुभएकोमा धन्यवाद व्यक्त समेत व्यक्त गर्नुभएको  थियो भने कार्यक्रम हरि आचार्यको  सन्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *