बुद्धभूमिमा पौडी खेल्ने क्रममा डुबेर ७ बर्षीय बालकको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ बकलीपुरमा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । विहिबार करिब साढे ३ बजे सुनिल थारुका ७ बर्षीय छोरा आहान थारुको पौडी खल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको वडाध्यक्ष प्रमोद आचार्यले पुष्टि गरे ।

उनका अनुसार माछा पाल्न खनेको उक्त सार्वजनिक पोखरीमा आहानको डुबेर मृत्यु भएको हो । पोखरीमा डुबेको अवस्थामा देखेपछि उनका साथीले घरमा आई खबर गरेको र छिमेकीले तत्काल पोखरीबाट निकाली उपचारको लागि स्थानीय मेडिकलमा लगेका थिए, तर चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

प्रहरी निरिक्षक विराज शर्मा पौडेलले शव पोष्टमार्टमका लागि कपिलवस्तु जिल्ला अस्पताल पठाईएको जानकारी दिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *