पश्चिम नवलपरासीमा हजुरबुवा र नाति हत्या गर्ने दुई पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ३ मर्चहवामा हजुरबुवा र नातिको हत्यामा संलग्न दुई युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।हत्या भएको ३२ दिनपछि प्रहरीले हत्यामा सम्लग्न भएको आरोपमा स्थानीय २९ वर्षीय अजय धरिकार र २० वर्षीय चन्दन हरिजनलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

आइतबार जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले पत्रकार सम्मेलन गरेर फागुन १ गते ६५ वर्षीय यक्षलाल चमार र ११ वर्षीय गौचरण चमारको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।

प्रहरीका अनुसार दोस्रो पक्षसँग भएको झैझगडाको रिसीइबीको कारण तेस्रो पक्षका हजुरबुवा र नातिको हत्या गरेको खुल्न आएको छ । शनिबार पक्राउ परेका दुवैलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *